बाराबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ

बारा, ३ भदौ । बारा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर गुम्बाटोल बस्ने ३० वर्षीय सञ्जीव बल रहेका छन् ।
उनलाई भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बिरिङ ५ थानसहित आज बिहान पक्राउ गरिएको हो ।
उनको घरमा अवैध हतियार रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर अगाडि बनाएको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


