अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधन धनुषा प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, ३ भदौ । धनुषा प्रहरीले अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधनहरू नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको अधारमा प्रहरी चौकी चिसापानी धनुषाबाट खटेको टोलीले जिल्लाको गणेशमानचारनाथ नगरपालिका–५ कमला खोलाबाट ति सवारी साधनहरू नियन्त्रणमा लिएको हो ।
मापदण्ड विपरित अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गरिरहेको अवस्थामा ज.१ त. ८५०५, स.१ त. ७६३७, प्रदेश २–०२–००१ त. १५३६, प्रदेश २–०२–००३ त. ४४४१, प्रदेश २–०३–००१ त. १३५६ र प्रदेश २–०१–००१ त. ०४६४ नम्बरको ट्याक्टरहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारवाहीका लागि गणेशमानचारनाथ नगरपालिकाको कार्यालयमा पठाई जनही ५ हजारका दरले जरिवाना तिराएर छाडिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


