काठमाडौं, २ भदौ । प्रहरीले काठमाडौंबाट हुन्डीको ६९ लाख रुपैयाँसहति ३ जनालाई पक्राउ गरेको छ ।

घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।

घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।