जनकपुरधाम, १ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा कतार आल्मुनियम एण्ड युपिभिसी झ्याल ढोका उद्योग सञ्चालनमा आएको छ ।

जनकपुरधामस्थित भ्रमरपुरा चोकमा सञ्चालनमा ल्याइएको उद्योगको नगरप्रमुख मनोजकुमार साहले उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात बोल्दै मेयर साहले यसअघि हेटौंडामा मात्र उपलब्ध भइरहेका सामानहरु अब जनकपुरधाममा पनि सहज रुपले उपलब्ध हुन लाग्दा खुशीको कुरा रहेको बताए । उनले समय समयमा आइरहेको नयाँ नयाँ प्रविधिले सहजता हुने गरेको समेत बताए ।

मेयर साहले जनकपुरधामका व्यापारी व्यवसायीहरुको विकासमा जनकपुरधाम उपमहानगरपालिका हरसम्भव सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाए ।

कतार आल्मुनियम एण्ड युपिभिसी झ्याल ढोका उद्योगका प्रोपराइटर सेराजुल कवारीले यूवाहरुले आफ्नै देशमा केही गर्न सकिन्छ भनेर आफूले व्यवसाय सुरु गरेको उनले बताए ।

उनले आफू हिजोको सामान्य अवस्थाबाट यो अवस्थामा पुगेकोमा धेरै खुशी लागेको बताए ।

 

उद्योगमा आधुनिक मेसिनद्धारा निर्मित नेपालकै नम्बर–१ क्वालिटीको युपिभिसी झ्याल, ढोका, पार्टिसन, भेन्टिलेसन, एसिपी ग्लेजिङ्ग, टफवन ग्लासलगायतका सामानहरु उपलब्ध रहने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा इन्जिनियर मनोज कुमार महतो, एसियन पेन्ट्सका प्रोपराइटर महेन्द्र पुर्वे, मो. लियाकत राइन, मो. आलम राइन, यागेन्द्र यादव, बद्री यादव, जानकी रमन झालगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।