कानू समाजले यसवर्ष पनि बाबा गणिनाथ गोविन्द पूजा भव्यताका साथ मनाउँदै

जनकपुरधाम, १ भदौ । कानू समाज नेपालले जनकपुरधाममा यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी बाबा गणिनाथ गोविन्द पूजा भव्यताका साथ मनाउने भएको छ ।
दुई दिवसीय गोविन्द पूजा मनाउन कानू समाज नेपाल धनुषा तयारीमा जुटेको समाजका अध्यक्ष राजकुमार साहले बताएका हुन् ।
बाबा गणिनाथ गोविन्दको पूज्नोत्सव प्रत्येक वर्षझैं यस वर्ष पनि हर्षाेल्लासका साथ जनकपुरधामको गंगासागर पोखरीको दक्षिण कुनामा स्थापित गणिनाथ गोविन्द मन्दिरमा यहि भदौ ३ र ४ गते मनाउन समाजले जोडतोडका साथ लागि परेको अध्यक्ष साहले बताए ।
बाबा गणिनाथ गोविन्द पूजाको अवसरमा पहिलो दिन (शुक्रवार) मंगलपाठ हुने उनले बताए । त्यस्तै, दोस्रो दिन बिहान नगरमा शोभायात्रा, कलश यात्रा, गहवर पूजा र साँझ विशिष्ट व्यक्तिलाई सम्मान तथा भजन संध्या कार्यक्रमको आयोजना गरिने साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


