सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

सप्तरी, १ भदौ । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बुधवार दिउँसो सप्तरीको राजगढ गाउँपालिका ४ बेलही चपेना स्थित स्थानीय विरेन्द्र मण्डलको १३ वर्षीय छोरा राजा मण्डलको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सार्वजनिक पोखरीमा नुहाउने क्रममा मण्डलको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


