किरण यादवसहित १० जना कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् ।
देउवाले मंगलबार मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


