बारा, ३१ साउन । बारामा स्कुलबसबाट किचिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको निजगढ नगरपालिका–६ पानीट्यांकीमा मंगलवार स्कुल बसले किचेर स्थानीय राकेश राय यादवका २ वर्षीय छोरा आयुष यादवको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगललबार बिहान सवा ९ बजे विद्यासागर इङलिश बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो ।

बससहित चालक नियन्त्रणमा रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।