वामदेव र बाबुराम माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने

काठमाडौं, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय संसदको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगलबार माओवादी केन्द्रको पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लड्न दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा चुनाव लड्नको निमित्त स्वीकृति दिएको बताए । उनले दुवै नेताले राखेका केही सर्तहरूका बारेमा भने बुधवार छलफल हुने बताए । महराले नेता भट्टराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताए ।
माओवादी केन्द्रको स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


