४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

पाँचथर, ३१ साउन । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन् ।
फिदिम नगरपालिका–११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।
शनिबार राति बालिकालाई ललाइफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकीलाई मंगलबार पक्राउ गरिएको हो ।
प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


