भारतीय नम्बरको ट्रेलरको ठक्करबाट दुईजनाको मृत्यु

धादिङ, ३१ साउन । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जिपका चालक र परिचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जिपलाई ठक्कर दिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


