वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन

बुटवल, ३१ साउन । वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ ।
लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको मंगलबार बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।
प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व उपाध्यक्षसमेत हुन् ।
हाल बुटवलबाट प्रकाशित हुँदै आएको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।
प्युठानमा जन्मिएका पोखरेलका दुई छोरा तथा एक छोरी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


