किसानहरुको लागि आएको गहुँ चोरी गरिरहेको अवस्थामा एक कर्मचारीसहित ४ जना पक्राउ

सप्तरी, ३१ साउन । सप्तरी प्रहरीले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको कृषि शाखामा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–६ चाबखारीस्थित कृषि शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतो रहेका छन् ।
किसानहरुको लागि आएको गहुँ चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार राति करिव ९ बजे उनलाई पक्राउ गरेको हो ।
महतोले कुनै प्रक्रिया नै नपुर्याई गाडीमा गहुँ लोड गरिरहेको बेला स्थानीयले उनलाई देखेका थिए । स्थानीयले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित प्रहरीलाई जानकारी गराए लगत्तै घटनास्थल पुगेका जनप्रतिनिधिसहित प्रहरी टोलीले चोरी सैलिमा लोड गर्दै गरेको गहूँ, गाडीसहित चोरीमा संलग्न कर्मचारी महतोसहित अन्य ३ जनालाई समेत पक्राउ गरिएको छ ।
करिब एक सय बोरा गहुँको बोरासहित पक्राउ गरिएको मुख्य ओरापी महतोसहित चारै जनालाई इलाका प्रहरी कार्यालय सखडामा ल्याइएको छ ।
यता वडाध्यक्ष कपिलेश्वर साहले पक्राउ परेको गहुँ गत वर्ष किसानका लागि वितरण गर्न ल्याईएको बताए । पालिकाबाट गत वर्ष केही बोरा गहुँ लुटिएको थियो । तर, महतोले पुरै गहुँ लुटिएको व्यहोरा पालिकालाई जानकारी दिएका थिए ।
उक्त गहुँ महतो र पूर्वजनप्रतिनिधिकै सेटिङमा कृषि शाखामा ताला लगाएर राखिएको र मौकाछोपी समय समयमा महतोले चोरी गर्दै आइरहेको स्थानीयको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


