माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको सोमबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।
सत्ता गठबन्धनको कार्यदल बैठक र अन्य केही गृहकार्यमा नेताहरु व्यस्त रहेकोले बैठक स्थगित भएको बताइएको छ ।
बैठक मंगलबार बिहान ८ बजे बस्ने छ । उक्त बैठकले चुनावी कार्यक्रम, नेताहरुको कार्यविभाजन गर्ने र पदाधिकारी चयन गर्ने लगायतका विषयमा छलफल गर्नेछ ।

