मापसे गरी स्कुल बस चलाउने ६ चालकसहित १४ सवारी साधनलाई कारबाही

काठमाडौं, २९ साउन । महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकसहित १४ सवारी साधनलाई कारबाही गरेको छ ।
आइतबार ट्राफिक नियम उल्लंघन गरेको भन्दै एकै दिन १४ वटा स्कुलका सवारी साधनलाई कारबाही गरिएको हो ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १४ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौं नियमानुसार कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
विभिन्न स्कुलका ६ वटा चालकले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


