काठमाडौं, २९ साउन । नेकपा एकीकृत समाजवादीकी सांसद पुष्पाकुमारी कर्ण कायस्थले रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रम प्रशारण गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद कायस्थले रेडियो नेपालको केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताइन् । उन बर्दिवासको प्रशारणबाट हुक गरेर केन्द्रीय प्रशारणले समाचार दिँदा समस्या देखिने गरेको उल्लेख गरिन् ।

सांसद कायस्थले प्रदेशको प्रशारणलाई यथावत राखि केन्द्रिय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकता दिइनुपर्ने बताइन् । उनले सांसदहरु सहितको उच्चस्तरीय आयोग गठन गरी समस्याग्रस्त विश्वविद्यालयहरुको समस्या र आवश्यकता पहिचान गरी तत्काल समस्याको समाधान गर्नुपर्ने बताइन् ।