महन्थ ठाकुरविरुद्ध महोत्तरी–३ बाट उम्मेद्वारी दिने कांग्रेस नेता सिंहको उद्घोष

जनकपुरधाम, २८ साउन । नेपाली कांग्रेसका युवा नेता कृष्णा सिंहले महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा युवा नेता सिंहले प्रतिनिधिसभा तर्फ लोसपाका अध्यक्ष महन्थ ठाकुरविरुद्ध महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै नेता सिंहले भने, ‘मेरो उम्मेदवारी कसैकोको विरुद्ध वा चर्चा कमाउनका लागि हो भन्ने भ्रममा कोही नपर्नुहोला ।’
करिब दुई दशक लामो राजनीतिक यात्राको क्रममा आफूलै कहिल्यै पनि पदको लोभ नगरेको बताउँदै नेता सिंहले आफ्नो सरल स्वभावका कारण चुनाव जित्ने दाबी गरेका छन् ।
उनले भने, ‘मेरा कयौँ सहकर्मीहरु मन्त्री बने र अधिकांश कार्यकर्ताले राजनीतिक नियूक्ती पाए । विद्यार्थी आन्दोलन, मधेस आन्दोलन लगायत विभिन्न परिवर्तनकारी मोर्चामा मेरो सक्रिय भूमिका रहँदै आएको सर्वविदित नै छ । त्यसैले म उम्मेदवारी दिन्छु ।’
उनले आफ्नो उम्मेदवारी समयको माग रहेको र यो परिवर्तनको पक्षमा रहनेसमेत दाबी गरे ।
कृष्णा हाल नेपाली काँग्रेसमा आबद्ध छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


