देशभरका ६३ स्थानीय तहले अझै पेश गरेनन् बजेट, सबैभन्दा बढि मधेस प्रदेशका ३९ स्थानीय तह

जनकपुरधाम, २८ साउन । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनाको चार हप्ता बितिसक्दा पनि देशभरका ६३ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैनन् ।
गत आर्थिक बर्षको अन्तिम महिना असारको १० गतेभित्र सार्बजनिक गर्नुपर्ने बजेट ती स्थानीय तहले अझै सार्बजनिक नगरेको पाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६९० स्थानीय तहले मात्र हालसम्म बजेट पेश गरेका छन् ।
बजेट पेश नगरेका ६३ स्थानीय तह मध्ये मधेस प्रदेशका ३९ स्थानीय तहहरु रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
मधेस प्रदेशका कुल १३६ स्थानीय तह मध्ये ९७ स्थानीय तहले मात्र बजेट पेश गरेको पाईएको छ । उक्त प्रदेशमा बजेट पेश गर्ने स्थानीय तह ७१ दशमलव ३ प्रतिशत रहेका छन् । यस्तै मधेस प्रदेशका २८ दशमलव ७ प्रतिशत स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।
मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश १ मा ३, बागमतीमा ४, लुम्बिनीमा १०, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ४ स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् ।
प्रदेश नम्बर १ अन्तर्गतका १३७ स्थानीय तह मध्ये १३४ स्थानीय तहले मात्र बजेट सार्बजनिक गरेका छन । प्रदेश नम्बर १ का ३ स्थानीय तहले बजेट पेश गरेका छैनन् ।
बागमती प्रदेशका ४ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैनन् । बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये ११५ स्थानीय तहले मात्र बजेट पेस गरेका छन् ।
लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये ९९ स्थानीय तहले मात्र बजेट सार्बजनिक गरेका छन । लुम्बिनी प्रदेशका १० स्थानीय तहले अझै बजेट सार्बजनिक गरेका छैनन् ।
कर्णाली प्रदेशका ३ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैनन् । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ७६ स्थानीय तहले मात्र बजेट पेस गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८४ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेका छन । सुदूरपश्चिमका ४ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैनन् ।
गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट सार्बजनिक गरिसकेको विवरण मन्त्रालयले उल्लेख गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सबैले बजेट सार्बजनिक गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


