काठमाडौं, २७ साउन । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका कलाकार अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शाहीलाई शुक्रबार बिहान मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रमबीच गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् ।

लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको अभिनेता शाहीको भनाइ छ ।

उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए ।