झापामा २४ हजार ९९२ नयाँ मतदाता थपिए

झापा, २६ साउन । झापामा २४ हजार ९९२ नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मंसिर ४ गते संघीय प्रदेशको निर्वाचनमा कूल ६ लाख ३ हजार ६५५ मतदाताले मतदान गर्ने भएका छन् ।
नयाँ थपिएका मतदातामध्ये १२ हजार ९ पुरुष र १२ हजार ८२३ महिला रहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए ।
उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी संख्या यकिन गरिने बताए ।
१५ पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले हालै २८५ वटा मतदानस्थल निर्वाचन कार्यालयलाई सिफारिस गरेको छ ।
समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको संख्यालाई आधार मानेर मात्र तय गरिने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


