तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

भक्तपुर, २६ साउन । भक्तपुरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
भक्तापुर नगरपालिका–९ भाने चोकस्थित धनबहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


