हेटौँडा, २६ साउन । हेटौँडामा एम्बुलेन्सको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरितर्फ गइरहेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एकजना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।