१६५ मध्ये काँग्रेसले १०० सिटमा दावी गर्छ : यादव

काठमाडौं, २६ साउन । नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेकपा एमाले अब २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् ।
बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।
उनले भने, ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ?
उनले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेकोले तत्काल प्रमाणीकरण गर्न आग्रहसमेत गरे ।
उनले भने, ‘राष्ट्रपतिले अहिलेसम्म विधेयक प्रमाणीकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिमा भन्दा माथि उठ्न सक्नुभएको छैन । हामी आशा गर्छौ कि भगवान पशुपतिनाथले बुद्धि देओस्, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस् । अविलम्ब विधेयक प्रमाणीकरण गर्नुहोस् ।’
नेता यादवले १६५ सिटमध्ये काँग्रेसले १०० सिटमा दावी गर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


