काठमाडौं, २६ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बिहीबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।

निर्वाचनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको छ ।