काठमाडौं, २६ साउन । नेपालमा कोरोना संक्रमणबाट बिहीबार ५ जनाको मृत्यु भएको छ ।

कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।

नेपालमा हालसम्म कोरोना महामारीबाट ११ हजार ९८२ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८१५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ५३४ जनाको परीक्षण गर्दा ४६५ र एन्टिजेन विधिबाट ३५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ४७६ जना संक्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।