काठमाडौं, २५ साउन । चितवन, मोरङ र कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– २९ चौधकिलोस्थित सडकमा प्रदेश २–०१००१ क ०२०२ नम्बरको ट्रकले प्रदेश २–०३००१ प १८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्सा कालिकामाई गाउँपालिका–१ बस्ने २८ वर्षीय रितेश कुमार पण्डितको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।