राष्ट्रियसभामा बाधाअड्काउ फुकाउ आदेश पेस

काठमाडौं, २५ साउन । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधाअड्काउ फुकाउ आदेश सभासमक्ष पेस गरेका छन् ।
उनले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधाअड्काउ फुकाउ आदेश सभासमक्ष पेस गरेका हुन् ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धीको पत्र पढेर सुनाएका थिए । अर्काे बैठक आगामी भदौ ६ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


