काठमाडौं, २५ साउन । प्रतिनिधिसभाले राष्ट्रियसभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ ।

बुधबार बसेको बैठकले राष्ट्रियसभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो ।

उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए ।