जिप्रका धनुषाका प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु

जनकपुरधाम, २५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको मृत्यु भएको छ ।
प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
५३ वर्षीय ठाकुर २०७८ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हाजिर भई कार्यरत रहेका थिए ।
त्यस्तै, भाइरल ज्वरोका कारण जिल्ला प्रशासन कार्यालय धनुषाका ८/९ जना कर्मचारीहरूसमेत संक्रमित भई होम आइसोलेसनमा रहेको प्रजिअ पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


