समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न माग

काठमाडौं, २४ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार संसदको शून्य समयमा बोल्दै उनले न्यायाधीशहरुको नियुक्ति संविधानले व्यवस्था गरेअनुसार समानुपातिक ढंगले नगरिएको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘नेपालको न्यायपालिकाको क्षेत्रमा न्यायाधीशको नियुक्ति समानुपातिक प्रतिनिधित्वको आधारमा संविधानअनुसार भएको देखिँदैन । त्यसैले मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिम र पिछडिएको समूदायलाई समानुपातिक, समावेशी सहभागिता सुनिश्चित गर्नका लागि सभामुख महोदयमार्फत सरकारसँग माग गर्दछु ।’
सांसद अरगरियाले समानुपातिक प्रतिनिधित्व हुने गरी मधेसी, आदिवासी, जनजाति, थारू, मुस्लिम र पिछडिएका समुदायलाई न्यायाधीश बनाउने काम हुन नसकेको गुनासो समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


