प्रधानन्यायाधीश जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने नेता पुनको दाबी

काठमाडौं, २४ साउन । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन् ।
मंगलबार संसदबाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदले प्रधानन्यायाधीश विरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताए । सोहीअनुसार नै महाअभियोग अघि बढाइएको उनले स्पष्ट पारे ।
उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए । उनले तीन महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पु¥याउने गरेरै महाभियोग अघि बढाइएको बताए ।
उनले भने ‘समितिमा छलफल गरेर समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु जुन उसको जिम्मेवारी छ, त्यो छिटै पूरा गरेर सिफारिस गर्छ भन्ने हाम्रो अपेक्षा छ । यो कुरा अहिलेकै संसदले टुंगो गर्नुपर्छ । जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ । तीन महिना भनेको अधिकतम समय हो । यसलाई टुंगोमा पु¥याउने गरेरै ल्याएको हो ।’
सांसद पुनले आगामी प्रदेश र संघीय सदस्यको निर्वाचनमा २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार माने र पनि सिट बाँडफाँट हुने बताए । उनले पार्टीहरूका गम्भीरता र संवेदनशीलतालाई हेरेर र गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्न लागेको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


