सप्तरी, २४ साउन । सप्तरीमा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको विष्णुपुर गाउँपालिका–३ का ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका–६ घर भएका संजय पण्डितका २ वर्षीय छोरा दिप पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोमबार सदा पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेका थिए । प्रहरीले मंगलबार उनको शव निकाल्न सफल भएको छ ।

त्यस्तै, बालक पण्डित सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ मा खेल्ने क्रममा चिप्लेर पोखरीमा खसी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।