पूर्वाधार कार्यालय रौतहटका तत्कालीन निमित्त प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रौतहट, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद रायसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।
सर्लाहीको रामनगर गाउँपालिका–६ मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडकको स्तरोन्नति गर्नका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख राय, लेखा अधिकृत महम्मद दाउद, इन्जिनियर राम किशोर साह,सब–इन्जिनियर प्रेमचन्द्र झा र सडम मरम्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोविरुद्ध अख्तियारको टोलीले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भइ उपभोक्ता समितिलाई जिम्मा दिइएकोमा सडक नबनाइ रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।
पाँचै जनाविरुद्ध १६ लाख ५९ हजार ९७२ रुपैयाँ माग दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


