सप्तरी, २३ साउन । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा सप्तरीको शम्भुनाथ नगरपालिका–३ बस्ने २५ वर्षीय बिकी चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीको उपचारको लागि अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

रुपनी गाउँपालिका–२ पिप्राही चौकस्थित राजबिराज रुपनी सडक खण्डमा रुपनीबाट राजबिराजतर्फ जाँदै गरेको बा ८५ प ६१९६ नम्बरको मोटरसाइकलले बिपरीत दिशाबाट आउँदै गरेको स २ प ८१६७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स २ प ८१६७ नम्बरको मोटरसाइकलमा सवार युवक घाइते भएका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।