करेन्ट लागेर एक युवकको मृत्यु

दाङ, २३ साउन । दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखाको आरुघाट घर भई हाल दाङमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दङ्गीशरणको गाउँपालिकाको बगरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


