राजस्व कार्यालय महाराजगन्जकी कम्युटर अधिकृत प्रधान घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृतलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ सुन्धारा घर भएकी ५१ वर्षीया बिन्दु श्रेष्ठ प्रधान रहेकी छन् ।
उनलाई कार्यालयबाट ३० हजार घुससहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
कम्युटर बिलिङको सफ्टवेयर स्वीकृति गराउन जाँदा सेवाग्राहीलाई हैरानी दिएर उनले घुस मागेकी थिइन् । सो सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


