लोसपालाई गठबन्धनमा ल्याउनुपर्ने नेता निधिको प्रस्ताव

काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टीलाई पाँच दलिय गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।
नेता निधिले पार्टीको सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव गरेका हुन् ।
पाँच दलीय गठबन्धनका साथै सरकारमा जानका लागि पनि लोसपा तयार छ । तर गठबन्धनमा रहेका दलहरूको बीचमा कुरा नमिलेकोले त्यो सफल हुन सकिरहेको छैन ।
आइतबार मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निर्णय हुनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानबाट फर्केपछि यस विषयमा छलफल हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


