सूर्यबहादुर राईले छाडे बाबुराम भट्टराईको साथ

काठमाडौं, २३ साउन । वैकल्पिक शिक्षाको अभियन्ता सूर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् ।
भट्टराईले नेपाल समाजवादी पार्टी (नेसपा)गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।
भट्टराईनिकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो । भट्टराई जसपाबाट अलग हुनु अगाडि राई जसपाका केन्द्रीय सदस्य थिए । तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् ।
भट्टराईको साथ छाडे पनि समावेशी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीतिको यात्रा भने जारी राख्ने राईले बताएका छन् । राईले वैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए ।
राईले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यावहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


