आइतबार पहिलो दिन आयोगमा ५ राजनीतिक दल दर्ता

काठमाडौं, २२ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा आइतबार ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको हो ।
त्यस्तै, दोस्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने नेपाल समावेशी पार्टी तेस्रो, हाम्रो नेपाली पार्टी चौथो र पुनर्जागरण पार्टी नेपाल पाचौं नम्बरमा दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम थालेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


