करेन्ट लागेर एक युवतीको मृत्यु

कोहलपुर, २२ साउन । कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर–२ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार आचार्यको गएराति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


