आगामी निर्वाचनमा गठबन्धनलाई उत्तानो पारेर पछार्ने ओलीको दाबी

काठमाडौं, २२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गरेका छन् ।
ललितपुरमा भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै उनले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा हराउने दाबी गरेका हुन् ।
चुनावमा गठबन्धनलाई हराउने दाबी गर्दै उनले कति दलभन्दा पनि कति मत भन्ने कुराले चुनावमा अर्थ राख्ने बताए ।
रेस्लिङ खेलको उदाहरण दिँदै उनले भने, ‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’
ओलीले आफूहरू जिततर्फ अगाडि बढ्ने दाबी गर्दै ओलीले लडाइँ जित्नको लागि तरिका र तयारी चाहिने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


