नेपाललाई विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, २२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् ।
आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताएका हुन् ।
उनले सरकारले नेपालको प्रकृति, संस्कृति र एडभान्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गरी विश्वका पर्यटकलाई आकर्षित गर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका ब्राण्डिङलाई रिब्राण्डिङ गर्ने बताए । उनले यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकका संख्यामा वृद्धि हुने अपेक्षा गरेको बताए ।
मन्त्री श्रेष्ठले नेपालमा अत्याधिक रुपमा पर्यटकको संख्या वृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले नेपालमा आएका पर्यटकका लागि पर्यटकको देश अनुसारकै खाना बनाउनुपर्छ भन्ने मान्यताको अत्य गर्नुपर्ने बताए । उनले नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकहरुलाई नेपाली खाना खुवाउने सोच राख्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कमी नभएको दाबी गरे । उनले नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिने बताए ।
मन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई सगरमाथा, गौतम बुद्ध जन्मभूमिको रुपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


