काठमाडौं, २१ साउन । नवगठित नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् ।

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनुपरेको बताएका हुन् । ललितपुरको बालकुमारीमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जसपाले संकीर्णता एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्ष ग¥यौं, बहस ग¥यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रुपान्तरण गरेर अघि बढन सक्ने अवस्था देखिएन । त्यसैले अव हामी फेरी नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामीले जनता समाजवादी पार्टी निर्माण गरेर हामी अघि बढेका छौं ।’

उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे ।