जनकपुरधाम, २० साउन । तराई मधेश लोकतान्त्रिक पार्टीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ ।

सोही क्रममा शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा रेणू देवी साहको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा दिनेश कुमार साह, सचिवमा शिला कुमारी साह, कोषाध्यक्षमा श्याम सुन्दर मण्डललाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै, कमिटीको सदस्यहरुमा बबिता देवी साह, कञ्चन ठाकुर, त्रिपुला ठाकुर, रिता देवी साह, राकेश कुमार यादव, निलम देवी मण्डल र सुभाष ठाकुर रहेका छन् ।

पर्टीका धनुषा जिल्ला उपाध्यक्ष जगन्नाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य सतिश कुमार लाल दास, उमेश मण्डल, विमला साह, रमेश प्रसाद अधिकारी, शिला कान्त झा, मो. सुहैल अहमद, रेणु देवी साह, अखिलेश शर्मालगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रत्युत्पादक मानसिकता विरुद्ध संघर्ष गर्न र जनचेतनाको स्तर वृद्धि गर्ने उद्देश्यका साथ गठन गरिएको यस पार्टीले भविष्यमा राजनीतिमा एउटा नयाँ कदम चाल्ने पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले दावी गरेका छन् ।