धरानका मेयर साम्पाङविरुद्व साइबर अपराध अन्तर्गतको मुद्दा दायर

इटहरी, २० साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्व साइबर अपराध अन्तर्गतको मुद्दा दायर गरिएको छ ।
धरानकी निवर्तमान उपमेयर तथा नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले मेयर साम्पाङले आफ्नो नाम र फोटोको दुरुपयोग गरी सामाजिक सद्भाव भड्काउने गरी फेसबुक पोस्ट स्क्रिनसट जस्तो भ्रामक कुरा प्रसारित गरेको भन्दै साइबर अपराधको मुद्दा दायर गरेकी हुन् ।
भण्डारीले आफ्नो नाम र फोटोको प्रयोग गरेर बनाइएको भ्रामक स्क्रिनसट पहिलो पटक नगर प्रमुख साम्पाङको पेजमा भएको पोस्ट भएको देखेकोले पहिलो देखेको आधारमा साम्पाङ विरुद्ध मुद्दा दायर गरेको जानकारी दिइन् ।
साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क सम्पाङ अ रेभुलुसन’ मा भनेका थिए– ‘धन्यवाद मञ्जु मेडम तर तपाइँको यो अभिव्यक्तिले राई लिम्बू, क्षेत्री बाहुन, भनेर धरानलाई भाँड्न खोजे पनि हाम्रो सामाजिक एकता तपाइँले सोचे जस्तो कमजोर छैन ।’
भण्डारीले आफ्नो फेसबुक आइडी जस्तै फेक स्क्रिन सर्ट तयार गरेर सामाजिक सद्भाव भड्काउन खोजिएको बताइन् । उनले पत्रकार सम्मेलनको आयोजना गरी मेयर साम्पाङले जातीय सद्भावमा खलल पुग्ने गरीका फोटो सामाग्री उत्पादन गर्ने फेसबुक पोस्ट गर्ने गरेको प्रति गम्भीर ध्यान आकर्षण भएको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


