गठबन्धनलाई हेर्छु ठ्याक्कै हुँडारजस्तो लाग्छ : ओली

काठमाडौं, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिँदै निगरानीमा राख्ने नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘सिकार त अरू जनावरले पनि खेल्छ । तर, हुँडार जस्तो लाज सरम पचेको । अहिलेको गठबन्धन हेर्छु नि म ठ्याक्कै हुँडार जस्तो लाग्छ । लाज सरम पचेको । यस्ताको हामीले निगरानी राख्नै पर्छ ।’
सत्ता गठबन्धनका नेताहरूले जे पनि गर्न सक्ने भन्दै सचेत रहेन नेता कार्यकर्ताहरूलाई उनले आग्रह गरे । उनले नयाँ मतदातालाई आफ्नो पक्षमा पार्न निर्देशनसमेत दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


