गठबन्धन दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : नेता भीम रावल

काठमाडौं, २० साउन । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए । उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए ।
रावलले भने, ‘पाँच दलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ । यसरी आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ ।’
उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


