काठमाडौं, १९ साउन । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले उनलाई छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरेको छ ।

उनीमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेकोलगायत आरोप लागेको थियो ।

उनलाई २६ जेठमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

निलम्बनमा परेका उनी सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत काममा फर्किएका थिए ।