सप्तरी, १९ साउन । सप्तरीमा करेन्ट लागेर ससूरा र बुहारीको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–६ बस्ने ४० बर्षीय सौदानन्द सरदार र २१ बर्षीया अन्जली सरदारको मृत्यु भएको हो ।

सौदानन्द काका ससूरा हुन् भने अन्जली बुहारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डीएसपी रामकुमार यादवले जानकारी दिए ।

पानी तान्ने मोटर जडान भएको ट्युववेलमा पानी लिन गएकी अन्जलीलाई करेन्ट लागेको थियो । उनलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको डीएसपी यादवले बताए ।

करेन्ट लागेका दुबैको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।