जनकपुरधाम विमानस्थलमा एयरपोर्ट क्यान्टिन संचालनमा

जनकपुरधाम, १८ साउन । जनकपुरधाम विमानस्थलमा एयरपोर्ट क्यान्टिन संचालनमा ल्याइएको छ ।
जनकपुरधामको क्याम्पसचोकमा संचालित लड्डुगोपाल स्वीट्सले अबदेखी एयरपोर्टमासमेत सेवा विस्तार गरेको हो ।
एयरपोर्टमा आउने यात्रुहरूलाई खाजा तथा खानामा समस्या हुँदै आईरहेको अवस्थालाई दृष्टिगत गर्दै विमानस्थलमा क्यान्टिन संचालनमा ल्याइएको छ ।
बुधबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले उदघाटन गरेसँगै क्यान्टिन संचालनमा आएको हो ।
विमानस्थलमा आउने यात्रुहरुलाई खाजा तथा खानाका लागि समस्या नहुने क्यान्टिनका संचालक वीरेन्द्र साहले जानकारी दिए । उनका अनुसार यहाँ मांशाहारी तथा शाकाहारी दूबै प्रकारका खाना तथा खाजा उपलब्ध रहने छ ।
बजार भाउभन्दा २० प्रतिशत बढी मूल्य मात्रै विमानस्थलमा तिर्नुपर्ने संचालक साहले बताए । विमानस्थलले निकालेको टेण्डर पारेर लड्डु गोपाल स्वीट्स एण्ड स्नैक्स संचालनमा ल्याइएको हो ।
१९ लाख ८० हजारमा ३ वर्षका लागि विमानस्थलले निकालेको सो टेण्डर वीरेन्द्रले हात पारेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


